चितवनबाट प्रकाशित हुँदै आएको ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले प्रथम वार्षिकोत्सव मनाउने भएको छ । न्यूजप्रवाह साप्ताहिकको असोज १० गते घटस्थापनाका दिन प्रथम वार्षिकोत्सव मनाउने तयारी भइरहेको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बबिलाल तामाङले जानकारी दिए ।
चितवनको पत्रकारितामा नयाँ आयाम दिने लक्ष्यसहित वि.सं २०७८ भदौ २ गते उक्त पत्रिका प्रकाशन आरम्भ गरिएको हो । बि एण्ड बि मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित उक्त पत्रिका जिल्ला प्रशासन कार्यालय चितवनमा विधिवतरूपमा २०७८ साउन २९ गते दर्ता भएको हो ।
अहिलेको युग डिजिटलको युग भए पनि ‘न्यूजप्रवाह साप्ताहिक’ कडा चुनौतीका बीच मोफसलबाट प्रकाशन हुँदै आइरहेको छ ।
उक्त अवसरमा पत्रिकाका लागि महत्वपूर्ण योगदान पुराउने चार जना व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । सम्मानित हुनेमा तीन पत्रकारसहित एक सफल व्यवसायी रहने बताइएको छ । उनीहरुलाई विभिन्न समयमा गरिएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गर्न लागिएको प्रकाशक तामाङले जानकारी दिए ।
वार्षिक विशेषाङ्क पुस्तक सार्वजनिक ः
यस्तैगरी वार्षिकोत्सवको अवसर पारेर ‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन गरिने भएको छ । आम पाठक, विज्ञापनदाता लगायतलाई थप परिस्कृत गराउने उद्देश्यसहित उक्त वार्षिक विषेशाङ्क पुस्तक प्रकाशन गर्ने जमर्को गरिएको उनको भनाइ छ ।
सार्वजनिक गरिने पुस्तकमा २४ वटा लेख रचना तथा मुक्तक रहने छन् । विमोचन हुन लागिएको पुस्तकमा पाठकवर्ग, विज्ञापनदाता, लेखकवर्ग लगायतलाई मध्यनजर गर्दै सबै विषयवस्तु समेटिएको जनाइएको छ ।








































प्रतिकृया दिनुहोस्