मङगल कल्याण नेवा गुठी समाज भरतपुर ५ मङगलपुरले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । राम मन्दिर परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा न ५ का वडाअध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काजीमान श्रेष्ठ, पदमपाणी सुवेदी , विशाल बाबू तिमिल्सिना , शारदा नेपाली परियार , मुना तामाङ , चन्द्रमणि भुषाल लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो ।
यस्तै अतिथिहरुमा यमप्रसाद आचार्य , नेवा पत्रकार राष्ट्रिय दवु चितवनका अध्यक्ष अनुज जोशी लगाएतको आतिथ्यता रहेको थियो । सो अवसरमा दबु चितवनका अध्यक्ष जोशीले नेवा पत्रकार नेवारहरुको कला संस्कृतिको जगेर्नाको लागि लागिपर्ने वताउनुभयो । यसको लागि नेवार जनप्रतिनिधि र विभिन्न संघ संस्थाको सहयोग आवश्यक पर्ने वताउनुभयो ।
यसैबीच कार्यक्रममा समाजसेवी श्याम कुमारी श्रेष्ठले मङगल कल्याण नेवा गुठी समाजलाई ५ धुुर जग्गा दिने घोषणा गर्नुभएको छ ।








































प्रतिकृया दिनुहोस्