२३ आश्विन २०७९, आईतवार १५:३८
प्रधानमन्त्री मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर दुईबाट उमेद्वारी दिएका छन् । उनले सवा तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उमेद्वारी दर्ता गरेका हुन् ।
यसअघि समानुपातिक सूचीबाट सांसद बनेका श्रेष्ठ प्रत्यक्ष तर्फ उमेद्वारी दिएका हुन् । उनको समर्थकमा नेकपा( माओवादी केन्द्र) भतरपुर महानगर सचिव निशा न्यौपाने र प्रस्तावकमा क्षेत्रीय सभापति भरत लामिछाने रहेका छन् ।
यस्तै गठबन्धनले चितवन क्षेत्र नं २ ‘क’मा नेपाली कांग्रेसका उत्तम जोशी र ‘ख’ मा माओवादीका घनश्याम दाहाललाई उठाएको छ । दाहाल बाग्मती प्रदेशका यातायात मन्त्री हुन्








































प्रतिकृया दिनुहोस्