नेपाल समाजवादी पाटी नेसपाका पोलिटब्युरो सदस्य विनोद कुमार गुरुङले प्रचण्ड विरुद्ध गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।
पाटीमा चितवन २ वा गोरखा २ बाट टिकटको माग गर्दै आएका गुरुङले टिकट नपाएपछि अन्तत गोरखाबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
गोरखामा परिचित अनुहार गुरुङ जनयुद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय व्यक्ति हुन । पछि उनी वावुराम भट्टराईसँग विभाजनमा लागेका थिए । नेपाल भारत आदिबासी जनजाति मैत्री संघका राष्ट्रिय अध्यक्ष समेत रहेका गुरुङले भुकम्पको बेला गोरखा पुर्याएको सहयोग अतुलनीय छ ।
गुरुङ माओबादी पाटीले उठाएको राजनीतिक तथा संबैधानिक एजेन्डा छोडेकाले बैकल्पिक नयाँ शक्ति पाटी निर्माण गरेर संस्थापक सदस्य भई प्रतिनिधी सभा सदस्य २०७४ मा चितवन क्षेत्र नम्बर २का उम्मेदवार पनि भएका थिए ।
पछिल्लो समय वावुरामको अस्थिर राजनितीबाट गुरुङ छायामा परे पनि आफ्नो सक्रियता घटाएका छैनन ।








































प्रतिकृया दिनुहोस्