२७ आश्विन २०७९, बिहीबार २२:२३
रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
नेकपा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहत–३ मा र मधेसका विभिन्न क्षेत्रमा आफ्नो टिमसहित नै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
सत्ता गठबन्धनले रौतहत–३ मा माओवादीका धिरज पटेललाई उम्मेदवार बनाएको छ । तर अब प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । माओवादीका पटेलको उम्मेदवारी फिर्ता नभए पनि अब निष्क्रिय जस्तै हुने पुनको भनाइ छ ।








































प्रतिकृया दिनुहोस्