cWoIf bfxfn;Daf]wg
lrtjg, ( c;f]hM
g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk'/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x'Fb} cWoIf k'iksdn bfxfn
k|r08Ú .
tl:a/M gf/fo0f clwsf/L÷/f;;
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वसभामुख घर्तीलाई भोट माग्दै यस्तो बताएक हुन् ।
‘म तपाईंहरुलाई के विश्वास दिलाउन सक्छु भने उहाँलाई विजयी गराएपछि उहाँलाई एउटा राम्रो विकासे मन्त्री बनाएर तपाईहरुको अगाडि पठाइनेछ’ उनले भने ।
कार्यक्रममा प्रचण्ड भन्दा अगाडि सम्बोधन गरेकी ओनसरीले आफू निर्वाचित भए जोरपाटी साँखु सडक बनाउने प्रतिवद्धता जनाएकी थिइन् । उक्त सडक बनाउन नसके २ वर्षमा राजीनामा दिने पनि बताएकी थिइन् ।
कार्यक्रममा प्रचण्डले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे । उनले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको बताए ।
‘हामीले धेरै पहिलेदेखि हसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।
२०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डा साथसाथै राखेर आन्दोलनको आँधीहुरी चलायौं’ प्रचण्डले भने, ‘त्यतिबेला देखि नै हसिया हथौडा र रुख एक ठाउँमा भएकै हो ।’
प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको सम्झिए ।
‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।








































प्रतिकृया दिनुहोस्