प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको छ ।
सोमवार आज ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बाेल्दै उहाँले प्रहरीका सबै सङ्गठनलाई सूचना प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक भएकाे बताउनु भएकाे हाे ।
उहाँले नेपाल प्रहरीलाई आउँदाे दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता भएकाे देउवाले बताउनु भयाे ।
उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीलाई आउँदाे दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु । आउँदाे मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न हुनेमा म विश्वस्त छु।’
प्रधानमन्त्री देउवाले आउँदाे चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी चुनावलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिनुभयो।








































प्रतिकृया दिनुहोस्