वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने अाफ्नाे याेजना रहेको बताएका छन् ।
उनलेे स्वास्थ्य र शिक्षामा समाजवादी माेडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने बताए । चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य गठबन्धनका उमेदवार वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बाेधन गर्ने गरि मैदानमा अाएकाे बताएका छन् । स्वास्थ, शिक्षा क्षेत्रकाे विकास र विस्तारसँगसँगै समग्र याेजना अघि बढाउन अाफु निर्वाचित हुनुपर्ने उनको जाेड छ ।
भरतपुर २५ मा भएको चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे मन र मतलाई एकिकृत गर्ने समय अाएकाे बताए ।अहिलेसम्म प्राप्त नतिजाले असफल नभएको बताउदै डा. अधिकारीले अबको नतिजाले पनि पहिलो बनाउने विश्वास व्यक्त गरे ।व्यवस्था अनुसार अवस्था बदल्न यहाँको माटाेलाई सदुपयोग गर्ने उनले बताए ।अाफु नै अाफ्नाे प्रतिनिधि हाे भन्ने रूपमा जनताको घलदैलाेमा जानुपर्ने उनको भनाइ छ ।
असत्यका विरूद्व सत्य स्थापित गर्न उनले अपिल गरेका छन् । । निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा माअाेवादी नेता गाेपाल न्याैपानेले जाेड दिए । उनले देशको महत्त्वपूर्ण निति निर्माणका लागि डा. भाेजराजलाई जिम्मेवारी दिन निर्वाचित गराउनुपर्ने बताए ।निर्वाचित गर्ने सुनाैलाे अवसरलाई सदुपयोग गर्न उनको अाग्रह छ ।स्थानीय जनतासँग सुमधुर सम्बन्धका साथ जाेडिनुपर्ने उनलेे बताए ।








































प्रतिकृया दिनुहोस्