४ कार्तिक २०७९, शुक्रबार १३:३५
नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावको खेल धेरै खतरनाक हुने भन्दै त्यसलाई बुझ्न जरुरी रहेको बताएका छन् । निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताए ।
स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरुले चुनाव हारेको बताउँदै उनले भने, ‘फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौं । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ।’








































प्रतिकृया दिनुहोस्