भरतपुर, ६ कार्तिक
कांग्रेस नेतृ, पूर्व सांसद एवम दानवीर ९५ वर्षिया मैयादेवी श्रेष्ठको निधन भएको छ । विहान १ बजेर १० मिनेट जादा उहाँको उपचारका क्रममा निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारि दिनुभयो ।
गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । मैयादेवी श्रेष्ठको निधनप्रति कांग्रेस चितवनले शोक वक्तव्य जारि गर्दै असल अभिभावक गुमाएको जनाएको छ । मैयादेवीले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको उल्लेख गर्दै उहाँको योगदान सधै सम्झना हुने उल्लेख छ ।
जिल्ला सभापति खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको समाजसेवालाई राज्यले कदर गर्नुपर्ने उल्लेख छ । चितवन कांग्रेसले शोकमा आज पार्टीका कुनैपनि चुनावी घरदैलो नगर्ने भएको छ । श्रेष्ठको पार्थीव शरिरलाई दिउसो १ बजे देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । श्रेष्ठले १ अर्ब बढी सहयोग गरिसक्नुभएको छ ।








































प्रतिकृया दिनुहोस्