नेपाली कांग्रेसले आज मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि मनोनयन दर्ता गराउँदै छ । कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मनोनयन दर्ताको लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ । उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गतेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने उनले बताए।कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउँछ उनले जानकारी दिए।
‘त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन भए पनि मतदानको मिति भने फेरिंदैन,’ उनले भने । प्रदेश सभा निर्वाचन ऐन २०७४ मा जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलले मात्र मनोनयन दर्ता गराउने छ । अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहनेछ ।








































प्रतिकृया दिनुहोस्