२७ कार्तिक २०७९, आईतवार १८:२५
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएकोछ हो।इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा १४ च ७६८४ नम्बरको जिप तोडफोड गरिएको हो। रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए। रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो।गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको उनले आराेप लगाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।








































प्रतिकृया दिनुहोस्