देशभर निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा, आमसभामा व्यस्त छन्। विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन्। यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन्। चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ। यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ। यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्य मन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन्। चुनावी घरदैलो अन्तर्गत आइतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले घरदैलो अभियान तीब्र पारेका छन्। उनले आइतबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन्। घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए।
सो क्रममा त्यहांँका जनताले उमेश श्रेष्ठनै आशा र भरोसा रहेको बताए। उनीहरुले यसअघिका नेताको विश्वास गुमेको भन्दै श्रेष्ठलाई नै मत दिने बचनबद्धता व्यक्त गरे। ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ विराज गुरुङ्ले यहांँको विकासको लागि उमेश श्रेष्ठको विकल्प नरहेको बताए। यसअघि कुनैपनि नेताले यहांँको विकास केही नगरेकोले उमेश श्रेष्ठलाईनै जिताउनु आवश्यक रहेको उनले बताए। वडा नम्बर ४ का अर्का मतदाता सावित्री गुरुङ्ले उमेश श्रेष्ठ साच्चैनै विकासवादी नेता भएको बुझेको बताए । ‘यहांँ धेरै नेता आए। आश्वासन पनि दिए। विकासको लागि सिन्को भांँचेनन्।’ उनले भनिन्।
उमेश श्रेष्ठको पहुंँच मन्त्रालय र नीतिगत तहसम्म भएकोले पनि उमेश श्रेष्ठलाई जिताउने उनले बचनबद्धता व्यक्त गरिन्। ‘अरु पार्टीको विश्वास गुम्यो। अब हाम्रो भोट तपाईलाई।’ उनले भनिन्। अर्का ईच्छाकामना वडा नम्बर ४ का मतदाता वासुदेव सिलवाल अन्य पार्टीभन्दा बढी उमेश श्रेष्ठलाई जनताले विश्वास गरेको बताए। ’उनले यसअघि पनि काम गरेर देखाईसक्नु भएको छ। अब पनि चितवनको विकास उनलेनै गर्ने हो। अन्य पार्टीप्रति यहांँका जनताले विश्वास गरेका छैनन्। रवी लामिछाने वडा अध्यक्षमा लड्छन भनेमात्र हामीले मत दिने हो।’ सिलवालले भने ।
नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रचन कार्की उमेश श्रेष्ठको पक्षमा आशा गरेभन्दा बढीनै जनलहर बढेको बताए। आफूले एकमहिनाभन्दा बढी चुनावी प्रचारप्रसार अभियानमा हिंड्दा उहांँलाई अन्य उमेद्वार भन्दा बढी विश्वास गरेको उनले बताए। ‘उहांँको पक्षमा दिनदिनै जनलहर बढेको पाएको छु। उहाँले युवा ,बृद्धबद्धाको सबैले साथ पाउनु भएको छ।’उनले भने । एमाले समर्थक मतदाताले यसपटक उमेश श्रेष्ठलाई मत दिने बताएको कार्कीको भनाई छ।
घरदैलो गर्ने क्रममा उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ सुगम र दुर्गम दुबैको समिश्रण भएको समानुपातिक र सन्तुलित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूलाई जिताएको खण्डमा इच्छाकामनाको जनताको विजुली, सडक सबै पूर्वाधारको काम आफ्नो पहिलो प्राथमिकता हुने श्रेष्ठले बताए। ‘क्षेत्र नम्बर २ मा शहर पनि छ, विकट गाउंँपनि छन्। म योजना बनाएरनै यहांँको समस्या समाधान गर्नेछु।’ श्रेष्ठले भने। आफूले मतदाताको मत सही सदुपयोग गर्ने र खेर जान नदिने उनको भनाई थियो।








































प्रतिकृया दिनुहोस्