मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै नभएको बताए। सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि मंसिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुने भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको बताए। मंसिर ४ को निर्वाचनबाट सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको ओलीको भनाइ थियो।








































प्रतिकृया दिनुहोस्