२९ कार्तिक २०७९, मंगलवार २०:२०
जनता समाजवादी पार्टीले चितवन जिल्ला अध्यक्ष प्रेम भूजेल सहित सात जनालाई पार्टीबाट निस्काशन गरेको छ ।
निर्वाचनको बेला पार्टी विरोधी गतिविधि गर्दै माओवादी केन्द्रसंग साठगाँठ गरेको भन्दै भूजेल सहित सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको सो पार्टीका प्रदेश सचिव अजय निरालाले जानकारी दिए ।
प्रदेश सचिव निराला र जिल्ला सचिव मुस्तफा अलीले मंगलवार एक विज्ञप्ती जारी गरी जिल्ला अध्यक्ष भूजेल सहित केन्द्रीय परिषद् सदस्य लोकबहादुर गुरुङ, जिल्ला सदस्यहरु विमला मगर, मानस लामा, केशकुमारी गुरुङ, लक्ष्मी गुरुङ र आशोक गुरुङलाई कारबाही गरिएको जनाएको छ ।
जनता समाजवादी जिल्ला कार्यसमिति नै माओवादीमा समाहित भएको भन्ने कुरा निराधार रहेको भन्दै सो पार्टीले केही व्यक्तिले गठबन्धनसंग आर्थिक चलखेल गरी पार्टीबाट अलग भएको आरोप लगाएको छ ।








































प्रतिकृया दिनुहोस्