३० कार्तिक २०७९, बुधबार ०७:३२
स्वतन्त्र गोर्खा २ का प्रतिनिधिसभा उम्मेदवार बिनोद कुमार गुरूङले चुनाबी घरदैलोलाई तीब्रता दिनुभएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा उनी मतदाताको घर-घर पुगिरहेका छन् । घरदैलोको क्रममा मतदाताबाट राम्रो प्रतिकृया आईरहेको गुरूङले बताए । उनले गोर्खा २ मा आफ्नो विजय शुनिश्चित रहेको बताए। उनले जनताको मन र मतले विजयी हुने विश्वास समेत व्यक्त गरे। ‘पुतलीप्रति मतदाताको आकर्षण बढीरहेको छ । अन्य दलका उम्मेदवारहरुलाई पुतलीले कडा चुनौती दिन्छ’, उनले भने। गुरूङलाई जनताले किन मत दिने भन्ने प्रश्नमा उनले नेपालमा ग्रामिण बिधुत बिस्तार पहल गर्ने र पन्दुङ मसिलमा बिजुली बत्ती बाल्ने अभियान निर्माणगर्ने बताए, दर्जनौं हस्पिटल निर्माण र दर्जनौं सामाजिक संघसंस्थाहरू संग अाबद्वता, ठूला पूर्वाधार विकासको लगानी मैत्रीपूर्ण बाताबरण बनाउन जोड गर्नेछु, राष्ट्रिय गौरवका आयोजनाहरू सुरू गर्ने परियोजनामा द्वातृराष्टको सहयोग द्वारा समग्र गोर्खालाई नमुना शहर बनाउनेछु। माध्यमिक तहसम्म निशुल्क शिक्षा गर्ने र विश्वबिध्यालयमा अध्ययन गर्न सर्भसुल्भ लागु गर्नेछु, सीपमुलक र प्राविधिक शिक्षा र खुला बिश्वबिद्धालय निर्माणको पहल गर्नेछु, जलविद्युत उत्पादन मैत्रीपूर्ण बनाएर उत्पादनलाई जोड दिनेछु, बिजुली बेचेर र पर्यटन बिकास गरेर कृषिमा अाधारित जीबन बनाउनेछु, टेलिमेडिसिन कार्यक्रम र डिजिटल वल्डेज मिसिनिटी होम बनाउनेछु। योग मेडिसिन ध्यान केन्द्र , मनोबैज्ञानिक परामर्श केन्द्र निर्माण गर्नेछु, अादिबासी जनजाति मन्त्रालय निर्माणमा पहल गर्नेछु, श्रमबजार बनाउनेछु किसानहरूको लागि बैज्ञानिक कृषि प्रणाली बनाएर अौधगिक कृषि ब्यबस्थापन गराउनेछु, कल्स्टरको अाधारमा समाबेशी सहभागी गराउनेछु, संसदमा ५१प्रतिशत महिला सहभागीको माग गर्नेछु , आमा र बाबा मध्ये छोराछोरीले अाफ्नो नाममा नागरिकता बनाउन पाउनुपर्छ भन्ने आवाज उठाउनेछु। किशोरीहरूलाई निशुल्क सेनेटरी प्याड टार्फिक प्रहरीलाई मास बितरण गर्नेछु, सार्वजनिक स्थानमा जनताका गुनासो सुन्ने हेल्पडेक्स स्थापना गर्नेछु, युवा स्वरोजगार कार्यक्रम साथै बेरोजगार कल्ब सीप र क्षमताको अाधारमा बिना धितो लगानी लागु गर्नेछु। हिल टाउन, सिटी पार्क, जलमार्ग लगायत ग्रामीण सहर निर्माण गर्नेछु, विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न पाउने ब्यबस्था गराउनेछु वास्तविक किसानलाई अनुदानदिने र सर्बसुल्भ बजार ब्यबस्थापन गर्दै गरीबका लागि निर्ब्याजे ऋण दिने राष्ट्रिय बिकास कोष निर्माण गर्नेछु। लोकसेवा अायोगलाई समाबेशी बनाउनुपर्छ र संघीय शिक्षा ऐन देशको विकास र समृद्धिका लागि जनमुखी गराउपर्छ भन्ने आवाज उठाउनेछु भन्न्दै स्वास्थ र शिक्षामा बिमालागु गर्ने बताए।राजनीतिक पाटीहरूलाई राजनीतिक शुद्धीकरण गर्दै संविधान अधुरो र जनहितकारी भएन भन्ने आवाज उठाउने बताए। चुनावजिते गुरूङले दर्जनौं काम र राष्ट्रिय एजेन्डाहरू पूरा गर्ने बताए।








































प्रतिकृया दिनुहोस्