काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज सत्तारुढ गठबन्धनले आज अन्तिम चुनावी सभा गर्न लागेको हो। सभालाई काँग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ। मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।








































प्रतिकृया दिनुहोस्