राष्ट्रिय स्वतन्त्र पार्टीको आज बिहीबार दिउँसो ३ बजे नारायणी नदीकिनारमा विशाल चुनावी आमसभा हुने भएको छ ।सभामा देशका थुप्रै जिल्लाबाट युवा सरिक हुने बताइएको छ ।सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
सभापति लामिछाने चुनाव चिन्ह घण्टी लिएका चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार हुन् । पछिल्लो समय चितवन लगायत देशैभर स्वतन्त्र उमेदवारलाई जिताउने अभियानमा युवाहरुको क्रेज बढ्दो देखिएको छ । मतदाताहरुले यसअघि विभिन्न दलहरुलाई आफू खुशी मतदान गरेको भएपनि यसपाली स्वतन्त्रलाई नै दिने आकलन गरिएको छ । दलहरुमा दोहोरिने प्रवृत्ति र पार्टीप्रति वितृष्णा भएकाहरुबाट यसपटकको चुनावमा देशका ठूला पार्टी भनिनेलाई निकै चुनौतीपूर्ण देखिएको छ ।








































प्रतिकृया दिनुहोस्