४ हजार ६१५ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार चौधरीले १ हजार ७७६ मत पाएका छन् । उनी दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी बाट सत्ता गठबन्धनका उम्मेदवार हुन्। १ हजार १५१ मत पाएकी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले उनलाई पछ्याइरहेकी छन् भने उनीहरुबीचको मतअन्तर ६२५ को छ। एमाले छाडेर हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी गंगा चौधरी (सतगौवा)ले १ सय मत पनि पाएकी छैनन्। येस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र प्रसाद चौधरीले ४५३ मत पाएका छन् ।








































प्रतिकृया दिनुहोस्