ओली प्रचण्ड
प्रचण्डलाई टेलिफोन गर्दै ओलीले मिलेर अघि बढ्न आग्रह गरेका छन्। टेलिफोनमा ओलीले बिगतमा ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रियनै छ भन्दै मिलेर अगी बढ्न आग्रह गर्नुभयो। प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैलीमा जिम्मेवार नरहेको टिप्पणी गरेका थिए। प्रचण्डको जवाफ ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ जवाफ उद्धृत गर्दै उनको सचिवालयले जानकारी दिएको छ। प्रचण्डसँग फोनमा कुरा भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए। ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा गरे र दुबैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए। ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए । नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन। चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए । चुनाव नतिजा आइनसक्दै दुई शीर्ष नेताहरुबीच संवाद हुनुले आगामी राजनीतिबारे अनेक संकेतहरु पाउन सकिन्छ ।








































प्रतिकृया दिनुहोस्