स्टिमेटअनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो जलविद्युतको कार्यालयमा आगजनी गरेका छन्। जलविद्युतको कार्यालयमा रहेको दुई वटा अस्थायी टहरा स्थानीयले आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए । प्रहरीका अनुसार आगजनीबाट कार्यालय परिसरमा रहेको मिनी ट्रक र मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ। जेसिभीमा आशिंक क्षति पुगेको छ । ‘हाइड्रोले पानी निकास हुने ठाउँ स्टिमेटमा भएको भन्दा दुई सय मिटर तल लगेछ,’ उनले भने, ‘सिंचाइ हुने कुलाको बाँधभन्दा तल पानी निस्केपछि स्थानीयले विरोध गरेका रहेछन् ।’








































प्रतिकृया दिनुहोस्