संयोजक प्रकाश सिलवाल रहने गरी सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन गरिएको छ । मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ । सचिवालय मा संगठन विभाग रूपेश आचार्य , प्रचार प्रसार विभाग रत्नकाजी महर्जन , आर्थिक विभाग सुरेन्द्र भक्त श्रेष्ठ लाई तोकिएको छ भने सदस्यहरुमा नृपेन्द्रलाल श्रेष्ठ ,कविता थापा , सुनिल महर्जन र माधव तिवारी लाई तोकेको छ। स्रोतले जानकारी दिए अनुसार बाँकी पाँच जना सदस्यको स्थान हाललाई रिक्त राखी पछि पूर्ति गर्ने छ। भारतको राजधानी नयाँ दिल्लीमा आगामी आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने सार्क जर्नालिजम कन्फ्रेन्समा च्याप्टरको हालै बसेको बैठकले नेपालका तर्फबाट सक्रियता पुर्वक भागलिने र त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णय समेत गरेको कुरा जनाएको छ ।








































प्रतिकृया दिनुहोस्