आज जिल्ला प्रशासन कार्यलय चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका प्रतिनिधिसहितको टोलीले चितवन भरतपुरको गार्डेन रिसोर्ट अनिश्चितकालका लागी होटल सिल गरेको हो। यही मंसिर २३ गते उक्त रिसोर्टमा भोज खाएका ३०० जना भन्दा बढी बिरामी भएको थिए।उक्त होटलमा मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तापक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको थियो भने मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको थियो। होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएकोअनुगमनका क्रममा पाइएको छ । होटल सञ्चालकलाई बुधवार प्रशासन कार्यालयमा उपस्थित हुन भएनिएको सहायक प्रजिअ शर्माले बताए।प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको प्रतिवेदन बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए। खानामा अखाद्य बस्तु मिसिन जाँदा यस्तो समस्या हुने उनको भनाइ थियो।उनका अनुसार बिरामीहरुमा प्रेसर बढ्ने समस्या पनि देखिएको छ। उनीहरु सबैको अवस्था अहिलेसम्म स्थीर रहेको पनि उनले बताए।








































प्रतिकृया दिनुहोस्