उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको जानकारी दिए। श्रेष्ठका अनुसार महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको र महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको जानकारी दिए।महोत्सवमा करिब ५०० स्टल रहने र विगतका महोत्सवहरु भन्दा यस महोत्सव पृथक बनाइने जानकारी दिए। उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यसवर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताए । ‘विगतमा हामीले माछा, मौरी, केरा लगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ’ प्रधानले भने, ‘यसपटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको छ । महोत्सव स्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उनले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको र महोत्सवमा बालउद्यान सहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरु हुने उनले बताए। यस महोत्सवमा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर स्टलहरु निर्माण हुने उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए। ‘महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ’ केसीले भने, ‘साना उद्योगमा प्रयोग हुने मेसिनरीहरुलाई समेत प्रवद्र्धन गर्दै युवास्वरोजगारलाई जोड दिनेगरी महोत्सव हुँदैछ ।’ न्यून पुँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरणहरु महोत्सवमा रहने केसीको भनाइ छ। चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने केसीको भनाइ छ। ‘चितवनको जैविक विविधतालाई समेत प्रवद्र्धन गर्नेगरी महोत्सवमा विशेष आकर्षण रहनेछ’ केसीले भने, ‘चितवन चिनाउने हात्ती, गैँडा, गोहीलगायतका जनावरहरुको प्रतिमा निर्माण गरेर राख्ने तयारी गरेका छौ। स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको सेमिनार महोत्सवअवधिमा आयोजना हुने केसीले बताए। यसपटकको चितवन महोत्सवको मुख्य प्रायोजकको रुपमा ‘सुपर जनरल इन्टरनेशनल’ रहेको छ।यसको आधिकारिक विक्रेताकोरुपमा चितवनको नारायणगढस्थित लीलाचोकमा अल्फा इलेक्ट्रोनिक्स रहेको छ ।








































प्रतिकृया दिनुहोस्