मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेकोलले नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएको छ। आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात हुने र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ।








































प्रतिकृया दिनुहोस्