गण्डकी प्रदेश सभाले मंगलबार एक सूचना जारी गरी अधिवेसन आह्वान गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ गतेका लागि अधिवेसन आह्वान गरेका हुन्। पहिलो संसद बैठक दिउँसो ३ बजे बस्ने छ।प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते सपथ गराउने तयारी छ।प्रदेश प्रमुखले बुधबार जेष्ठ प्रदेश सभा सदस्य मित्रलाल बस्याललाई सपथ गराउने छन्। त्यसपछि बस्यालले नै १४ गते अन्य सदस्यलाई सपथ गराउने संवैधानिक व्यवस्था छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सांसद सहित कांग्रेस पहिलो पार्टी बनेको छ । दोश्रो पार्टी एमालेले २२ सीट, माओवादीको ८ सीट, राप्रपाको २ र एकीकृत समाजवादीको १ सीट छ। गण्डकी प्रदेश सभामा एमाले र माओवादी गठबन्धनको सरकार बन्ने पक्का देखिएको छ।








































प्रतिकृया दिनुहोस्