युगीन खबर
१२ पुष २०७९, मंगलवार २२:०१
गृहमन्त्री रवि लामिछानेले मंगलबार बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै शितलहर, प्राकृतिक प्रकोप र बढ्न सक्ने कोभिड–१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए। आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन गृहमन्त्री लामिछानेले निर्देशन दिएको सचिव सिंहले जानकारी दिए। गृहमन्त्री लामिछानेकै अध्यक्षतामा बसेको बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता थियो। उक्त बैठकमा सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए।








































प्रतिकृया दिनुहोस्