रेबिज लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालको अनुसार गुल्मीदरबार गाउँपालिका-६ की ४० वर्षीय रजुन शाहको मृत्यु भएको हो। एक्कासी शाहलाई मंसिर ११ गते हातमा पछाडीबाटआएर कुकुरले टोकेको थियो। त्यसलगत्तै उनी रेबिजविरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदीस्थित एक निजी मेडिकलमा गएकी तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताए । मेडिकलमा गएकी उनलाई स्वास्थ्यमा दिनप्रति दिन समस्या देखिए पछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गर्न गराएकी थिइन्। त्यहाँ उनलाई रेबिज लागेको संकामा काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्ऽ टेकुमा रिफर गरिएको थियो । काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्ऽ टेकुमा डाक्टरले उनलाई रेबिज पूर्ण रुपमा शरीरमा फैलिएको पुष्टि गरेका थियो।








































प्रतिकृया दिनुहोस्