जनता समाजवादी पार्टी नेपालले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिले जनाएको छ। जसपको संसदीय दलको कार्यालयले निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जनाएको छ।प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन्। जसपले आज हुने संसदीय दलको निर्वाचनमा संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएको बताएको छ।दलको नेताको रुपमा राईसँगै राजकिशोर यादवको पनि दाबी गरेका छन् ।








































प्रतिकृया दिनुहोस्