मोरङको रंगेलीबाट दुई जना ३०० किलो गाँजासहित पक्राउ परेका छन्। उनीहरुलाई आइतबार दिउसो साढे ४:३० बजे रंगेली नगरपालिका–१ बाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो। गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा मनोज राजवंशीको घरबाट बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो ४:३० बजेतिर गाँजा फेला परेको हो। प्रहरीले धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय हस्त राई र ४२ वर्षीय राजवंशीलाई गाँजासहित पक्राउ गरेको हो।








































प्रतिकृया दिनुहोस्