जनता समाजवादी पार्टी जसपाको मंगलबार सकिएको राजनीतिक समितिको बैठक पछि सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ।बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ। बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ।शिवलाल थापाको नेतृत्वमा चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न पॉच सदस्यीय समिति बनाएको छ।चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ। तेस्तै जसपाले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।








































प्रतिकृया दिनुहोस्