रेडियाे देवघाटले स्थापनाकाे १२ वर्ष पुगेकाे अवसरमा पुष २७ गतेदेखी १० दिनसम्म विभिन्न कार्यक्रम गदैं वार्षिकाेत्सव मनाउन लागेकाे (आईतबार) आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ। पत्रकार सम्मेलनमा अध्यक्ष विजयराज शर्मा भुषालले पुष २७ गते चितवन र तनहुँतर्फकाे देवघाटमा रहेका आश्रमहरूमा फलफुल वितरण, २८ गते देवघाट – ५ स्थित धर्मार्थ अस्पतालमा निशुल्क दन्त शिविर, २९ गते देवघाट गाँउपालिका ५ मा रहेका सामुदायिक वन समितिसगँ अन्तरक्रिया तथा ३० गते देवघाटका जनप्रतिनिधिसँग नयाँ देवघाटबारे छलफल गरिने अध्यक्ष भुषालले बताए ।
त्यसैगरी रेडियाेकाे स्थापना भएकाे दिन माघ १ गते चितवन र तनहुँबाट देवघाट क्षेत्र विकास समितिकाे समन्वयमा माघे सङक्रान्ति विशेष कार्यक्रम, २ देखि ४ गतेसम्म देवघाटका पाचँबटै वडामा स्राेता सर्बेक्षण, ५ गते रेडियाे परिसरमा अन्तर माध्यमिक विधालय स्तरीय हाजिरीजवाफ प्रतियाेगिता तथा ६ गते सञ्चालक समिति,शेयर सदस्य र कर्मचारीबिच म्युजिकल चियर प्रतियाेगिता सहित पुरस्कार वितरण सम्मान र वार्षिकाेत्सवकाे समापन कार्यक्रम गरिने अध्यक्ष भुषालले बताए।
रेडियाेका महासचिव निरन्जन हाडाले नेपालकै पहिलाे धार्मिक रेडियाे स्टेशन भएकाे उल्लेख गदैं रेडियाेकाे स्थापनाकालदेखी विभिन्न कार्यक्रम सञ्चालन गदैं आईरहेकाे बताए । १०० वाट क्षमतामा सञ्चालन भइरहेकाे रेडियाे देवघाटले पृथक कार्यक्रम सञ्चालन गदैं अघि वढ्ने स्टेशन म्यानेजर सुवास लामिछानेले बताए ।
पत्रकार सम्मेलन कार्यक्रममा रेडियाेका शेयर सदस्य जानकी क्षेत्री, बजार प्रवन्धक गाेपाल चन्द्र न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण स्टेशन म्यानेजर सुवास लामिछानेले गरेका थिए ।








































प्रतिकृया दिनुहोस्