विभिन्न हिट गीत गाएर युवा पुस्ताको मन मुटुमा बस्न सफल चर्चित एवं लोकपृय गायक छेवाङ लामा को प्रस्तुति आज शनिवार रहेनछ । इशाराले बोलाउथिन, आउदैछु हेर तिमिलाई लिन, तिमि पारी म छु वारी जातै सानो भयो लगाएत अन्य थुप्रै गितहरु गाएका छन । नेपाली सांगितिक आकाशमा चम्किला ताराको रुपमा उदाउन सफल गायक हुन । त्यस्तै थारु लगाएत विभिन्न भाषाको गित गाएर चर्चा कमाउन सफल चिर्चित गायक अमित सिंह चौधरीको प्रस्तुति रहने छ । उनको कति निश्चल कति चन्चल, तोर कुर्थावाक ललकि सलवा, काका कि कि लगाएत अन्य थुप्रै गित गाएका छन। यस्तै आज शनिवार नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट विभिन्न खालका नाचगान रहने आयोजकले जनाएको छ।
आज शनिवार विद्यालय स्तरीय खिचरा डान्स आइडलको अडिसनबाट छनौट भएका २५ जना विद्यार्थीहरुको प्रस्तुति रहने नृत्य समितिका संयोजक हरिशरण चाधरीले बताए । स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मान स्वरुप स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना गरिएको नृत्य समितिका संयोजक चौधरीले बताए। खिचरा डान्स आईडलमा प्रथम हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्तगर्नेछ । यस्तै दोश्रो हुनेले नगद २० हजार सहित प्रमाणपत्र पाउनेछन भने तेश्रोहुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्तगर्नेछ । थारु भाषा साहित्यको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको पेहनी होड प्रतियोगिता आज शनिवार हुने आयोजकले जनाएको छ।
यस्तै जिल्ला स्तरीय भिलवल खेल र शुक्रवार देखि शुरु भएको सितोरियो कराँतेको फाइनल खेलहरु आज हुने आयोजकले जनाएको छ।
पूर्वी चितवनको खैरहनी ५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गते सम्म खिचरा महोत्सव सञ्चालन हुनेछ ।








































प्रतिकृया दिनुहोस्