४ माघ २०७९, बुधबार २२:०७
नेपाली कांग्रेसले सभामुख पदमा आफ्नो पार्टीका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो ।
भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धीकाे प्रस्ताव प्रस्तुत हुँदैछ ।








































प्रतिकृया दिनुहोस्