घोराही उपमहानगरपालिका–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगरको दाङमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ। आइतबार राति ९ बजे रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पठाइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ।








































प्रतिकृया दिनुहोस्