११ माघ २०७९, बुधबार ०६:४०
मन्त्रालयबाट सम्पादन गर्ने कार्यहरूमा गुणात्मक परिवर्तन गरी परिणाम हासिल गर्नुपर्ने भएकोले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ३ विषयमा सुझाव माग गरेका छन्।सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार (सडक, रेल, पानीजहाज) विकासका बारेमा श्रेष्ठले सुझाव मागेका हुन्। ‘सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार विकाससम्बन्धी जानकारहरू र विषय विज्ञहरूसँग राय सुझाव लिने कार्यसमेत भइरहेको सन्दर्भमा समस्या समाधानका लागि सुझाव दिन अपिल गर्दछौं,’ मन्त्री श्रेष्ठका निजी सचिव नारायणप्रसाद लामिछानेले जारी गरेको अपिलमा भनिएको छ।








































प्रतिकृया दिनुहोस्