मंगलबार दोस्रो पटक औपचारिक छलफल बसेको नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच समाजवादी मात्रै नाम राख्ने यानेकपा राख्ने भन्नी बिषयमा नटुंगिएको र सो बिषयमा आआफ्ना पार्टीभित्र छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको नेसपाबाट वार्ता टोली संयोजक रहेका गंगानारायण श्रेष्ठले जानकारी दिए। दुवै वार्ता टोलीबीच शनिबार विधान र राजनीतिक दस्तावेज आदान प्रदान भएको थियो।विधान र वैचारिक बिषयमा कुरा नमिले मिल्ने कुराहरु मात्रै राखेर अन्तरिम विधान र राजनीतिक घोषणा पत्र बनाएर जाने गरी छलफल भएको बताइएको छ।दुई पार्टीबीच एकतापछि समाजवादी केन्द्र नाम राख्नुपर्ने प्रस्ताव नेपाल समाजवादीको छ । तर, माओवादीले भने नेकपा पनि राख्नुपर्ने बताएको छ। यो विषयमा अहिले सहमति नभए विशेष महाधिवेशनमा टुंग्याउने गरी सहमति गरेर जान सकिने एक नेताले जानकारी दिए।








































प्रतिकृया दिनुहोस्