वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशललाई प्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा पक्राउ गरेको छ।उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन्। माघ ९ गते सोमबार समसुन ट्रेडर्समा छापमारी प्रहरीले लेबल मेटेर बिक्रीको लागि लगिरहेको तथा भण्डारण गरी राखिएको मोबिल तथा अन्य सामाग्रीहरू बरामद गरेको थियो। ट्रेडर्सबाट विभिन्न नाम र तौलमा प्याकिङ गरेको मोबिल १ हजार ५० लिटर, एसएनटी प्रिमियम ब्रेक आयल २ सय एमएल लेखिएको, तौल उल्लेख नभएको ४५ वटा डिब्बा, ब्याट्री वाटर ५ लिटरको ग्यालेन २ थान, डिष्टिल्ड वाटर १ लिटरको १० थान, सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको १ लिटरको बोत्तल ५५ थान बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए। उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतबाट कालो बजारी कसूरमा ७ दिनको म्याद अनुुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








































प्रतिकृया दिनुहोस्