बागमती प्रदेशकाे नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री केशवप्रसाद पाेखरेलले पदभार ग्रहण गर्ने क्रममा केन्द्रीय सरकारसँगकाे सहकार्यमा प्रदेशस्तरमै रासायनिक मल कारखाना स्थापना गर्ने बताएका हुन्।उनले बागमती प्रदेशमा मल अभाव हुन नदिने बताएका छन्। मन्त्री पाेखरेलले भने, ‘प्रदेश सरकार बागमती प्रदेशमा कृषि उत्पादनलाई वृद्ध गर्न रणनीति तवरले कार्य याेजना नै तयार गरी सशक्त रूपमा लाग्छ।’मन्त्रालयले प्रदेश स्तरमा रहेका हरेक खेतीयोग्य जमिनमा आधुनिक र व्यवसायिक तवरले कृषि उत्पादनमा जाेड दिने भएकाे छ। मन्त्री पाेखरेलले व्यावसायिक खेती किसानी गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न कार्यनीति अनुरूप, उत्पादन उत्पादकत्व र बजारीकरण गर्दै कृषिबाटै आयआर्जन गर्ने वातावरण तयार गर्ने बताए।देश कृषिमा निर्भरता कायम गर्न दक्ष जनशक्तिहरूलाई परिचालन गरिने उनकाे भनाइ छ। हावापानी र वातावरणयुक्त खेती प्रणालीमा जाेड दिदै कृषिमा नयाँ क्रान्तिकाे खाँचाे रहेकाे मन्त्री पाेखरलले बताउनु भयो।








































प्रतिकृया दिनुहोस्