International Childhood Cancer Day is celebrated in February 15. Yellow ribbon with text. Friend hugs girl with cancer. Health care concept vector for banner, web. Awareness month of this disease.
आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।
नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । त्यसमध्ये एक हजार ५ सय बालबालिका रहने गरेका सरकारी तथ्याङ्क छ । बाल क्यान्सरको उपचारको पहुँचमा झण्डै एकतिहाइ बिरामी मात्रै पुग्ने गरेका डाक्टरले बताएका छन् ।
उपचारको पहुँचमा पुगेकामध्ये ८० देखि ९० प्रतिशतलाई निको पार्न सकिने पाटन अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचारिका तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् ।
अन्य क्यान्सर सबै मानिसमा उस्तै हुने डाक्टर तुलाधरले बताउनुभयो । बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखिए, शरीरमा विभिन्न किसिमका गाँठागुठी देखिए, लोमो समयसम्म ज्वरो निको नभए, वान्ता भए क्यान्सरको आशंका गर्न सकिन्छ ।
यस्ता लक्षण देखिनासाथ उपचारमा जान डाक्टरको सुझाव छ । क्यान्सरको उपचार नेपालमा नै सम्भव भएकाले नआत्तिन तर बेलैमा उपचारमा लैजान अभिभावकलाई डाक्टर सुचारिका तुलाधरको सुझाव छ ।








































प्रतिकृया दिनुहोस्