४ फाल्गुन २०७९, बिहीबार ०९:३४
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा मङ्गलबारबाट सुरु भएको २३औं महाधिवशेनको नेतृत्वका लागि आरसी लामिछाने, समिक बडाल र मोती विकले उम्मेदवारी दिएका छन्। लामिछाने वरिष्ठ उपाध्यक्ष हुन भने बडाल महासचिव र विक उपाध्यक्ष हुन्।
७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्न लागिएको हो।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन सम्पन्न हुन लागेको हो।








































प्रतिकृया दिनुहोस्