रिकभरिङ नेपालको ७ औ अधिवेशनवाट पोखराका कमल गुरुङ अध्यक्ष बन्नुभएको छ । चितवनमा आज भएको राष्ट्रिय अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चुनिनु भएको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले तीन तहको राज्यसँग समन्वयात्मक भुमिकामा अगाडि बढी लागुऔषधको क्षेत्रमा उल्लेख काम गर्ने वताउनु भयो ।
यस्तै चितवनमा भएको अधिवेशनले २२ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा दिपक चापागाई , ध्रुव केसी , ललित भट्टराई चयन हुनुभएको छ ।
यस्तै महासचिवमा उज्ज्वल कर्माचार्य , सचिवमा रवि कृष्ण श्रेष्ठ र समीर थापा क्षेत्री र कोषाध्यक्षमा रिठ्ठी प्रताव राणा चयन हुनुभएको छ भने अन्य ११ जना सदस्य मनोनित भएको नवनिर्वाचित उपाध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो ।
यसअघि भरतपुरमा भएको अधिवेशनको प्रमुख अतिथि महानगरका उप-मेयर चित्रसेन अधिकारीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा चितवनका साहायक सिडियो, प्रहरी प्रमुख लगाएतको उपस्थिति रहेको थियो । देशभरबाट आएका प्रतिनिधिलाई रिकभरिङ नेपाल वाग्मती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले स्वागत मन्तब्यबाट स्वागत गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्