१७ फाल्गुन २०७९, बुधबार १३:०३
प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न बुधबार नेकपा एमालेले प्रदेशसभा सचिवसमक्ष प्रस्ताव पेस गरेको छ।
प्रस्ताव पेसका लागि प्रदेशसभा सचिवालयले दिउँसो १ बजेसम्मको समय दिएको छ। सोही समयसीमाभित्र एमालेका तर्फबाट कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
जसमा रामकुमार राना प्रस्तावक छन् भने समर्थनमा सोही पार्टीका निरन राई र भूमि राजवंशी छन्।
यसैबीच माओवादी केन्द्र संसदीय दलको बैठकले कोसी नाममा भोट हाल्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकले कोसी प्रदेशमा भोट हाल्ने निर्णय गरेको बताए। नेकपा एमाले र कांग्रेसका संसदीय दलका बैठक भने जारी छ।








































प्रतिकृया दिनुहोस्