१७ फाल्गुन २०७९, बुधबार १३:०५
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ।
सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो।
सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।
आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ।
क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ। कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन।








































प्रतिकृया दिनुहोस्