११ चैत्र २०७९, शनिबार २२:४०
नेपाल ट्रायथ्लोन संघ चितवन जिल्ला तदर्थ समितिको अध्यक्षमा समाजसेवी ध्रुव केसी सर्वसम्मत चयन भएका छन । भरतपुरमा भएको एक कार्यक्रमले केसीलाई अध्यक्षमा चयन गरेको हो ।
सो कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव नीलेन्द्र राज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा संघका केन्द्रीय सदस्य सुमन देवकोटा एवं सामाजिक अभियान्ता दिवाकर राज श्रेष्ठको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष केसीले चितवनमा ट्रायथ्लोन व्यवस्थित तरिकाले अगाडि बढाउने बताउनुभयो । उहाँले जिल्ला तदर्थ समितिले छिट्टै पुर्णता पाउने पनि बताउनुभएको छ ।








































प्रतिकृया दिनुहोस्