११ चैत्र २०७९, शनिबार २२:४४
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको चितवन जिल्ला अध्यक्षमा नवीन पराजुली सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । सङगठनको जिल्ला सम्मेलनले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा टंक वसेल र उपाध्यक्षमा नवराज अधिकारी चयन हुनुभएको छ । सङगठनको सचिवमा अच्युत मरहठ्ठा, सहसचिमा अनुज मिश्र र कोषाध्यक्षमा सम्झना बि.क चयन हुनुभएको छ ।
यस्तै अन्य ९ जना सदस्य रहनुभएको छ । यस्तै सङगठनको जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ईश्वरी भट्टराई प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा पाटीको जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र अधिकारी र स्वास्थ्य फ्याक्सन ईन्चार्ज प्रेम भुजेलको विशिष्ट आतिथ्यता रहेको थियो ।








































प्रतिकृया दिनुहोस्