एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवन–२ को उपनिर्वाचनको लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले मनोनयन दर्ता गरेका छन्।नागरिकता विवादमा अदालतले रास्वपा सभापति लामिछानेको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो । चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो।








































प्रतिकृया दिनुहोस्