dGqL vfF0f
?kGb]xL, & j}zfv M
u[xdGqL afns[i0f vfF0f a'waf/ u[x lhNnf ?kGb]xLsf] ltnf]Qdfl:yt cfˆg} lgjf;df kqsf/ e]63f6 sfo{qmddf kqsf/;Fu s'/f ub]}{ . tl:a/M lg/f uf}td÷/f;;
नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने बताएको छ ।
बिहीवार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले खाणबारे पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनुभयो ।
सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले हिजाे बुधवार पक्राउ गरेकाे थियाे । पक्राउ परेका खाणलाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । प्रहरीले उहाँका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेकाे थियाे ।
प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
यस प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।








































प्रतिकृया दिनुहोस्