बनेपा नगरपलिका-६ स्थित हरी चन्द्र पोखरेलको ‘हाई भ्यु रिसोर्ट होटल’मा रातको समयमा झ्याल फोडेर चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो।काभ्रेमा बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। निवेदकले दिएको हुलियाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले २ गते राति ११ बजे धुलिखेल नगरपालिका-३ बाट तामाङलाई पक्राउ गरेको हो।सो घटना यही जेठ १ गते राति भएको थियो।प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङसहित अन्य दुई जना पनि चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। होटल सञ्चालकका अनुसार यूएसए, यूरो, भियतनाम देशका विदेशी मुद्रा ५०००, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न साइजका बुद्धका मूर्तिहरु, दुई /दुई थान ल्याप्टप र आईप्याडलगायत सामान चोरी भएको छ।तामाङको बयानका आधारमा चोरी भएको सामान प्रहरीले बनेपा-६ स्थित जंगलमा लुकाएको अवस्थामा बरामद गरेको छ। प्रहरीले पाल्देन लामाको मूर्ति थान-२, गुरु रेम्बोच्छेको मुर्ति थान-३, हरियो तारा भएको मूर्ति थान-१, मेडिसिन बुद्धको मूर्ति थान-१, सेतो ताराको मूर्ति थान-१, सरस्वतीको मूर्ति थान-१, लोकेश्वरको मूर्ति थान-१, लाफिङ्ग बुद्धको मूर्ति थान-१, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरु राख्ने सानो बाकस थान-१, विभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ। पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ को म्याद थप गराई अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।








































प्रतिकृया दिनुहोस्