मध्यपुर नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समितिको संयोजनमा शनिबार स्थानीय खाना खाजा र उत्पादनहरुको प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनीमा खाना तथा खाजाका १३ वटा र स्थानीय उत्पादनको ११ वटा स्टल राखिएको थियो।यो प्रदर्शनीको मुख्य आकर्षण भने वः थियो।वः लाई धेरैले बारा भनेर चिन्छन्।मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिका अनुसार खाना तथा खाजाका सबै स्टलमा वः बिक्रीका लागि राखिएको थियो। वः नेवार समुदायको मुख्य परिकार हो । ‘जन्म मृत्यु लगायतका सबै साँस्कृतिक कर्ममा यही नै चाहिन्छ’ प्रजापतिले भने।








































प्रतिकृया दिनुहोस्